प्रदर्शन रोकेका तीन फिल्मको व्यापार केवल १४ लाख, पुष्टि भयो लाज ढोकेको ! « Khabarhub

प्रदर्शन रोकेका तीन फिल्मको व्यापार केवल १४ लाख, पुष्टि भयो लाज ढोकेको !


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ बाट प्रदर्शनमा आएका तीन फिल्म ‘शिवांश’, ‘श्री बुकुरो’ र ‘बिगुल’ कमजोर व्यापारका कारण हलबाट उतारिएको पुष्टि भएको छ ।

फागुन १ देखि ५ सम्म प्रदर्शनमा आएका यी फिल्म ६ गते हलमाबाट निर्माण पक्षले उतारेको थियो । त्यसपछि यी फिल्मको चौथर्फी आलोचना भएको थियो ।

‘पाँच दिन प्रदर्शनमा आएर दर्शकबाट अस्वीकार’ फिल्म पुन:प्रदर्शनको फन्डा निकालेर हलबाट उतारेको टिप्पणी मेकरहरूले राम्रैसँगै सुन्नु पर्‍यो ।

वास्तवमा पनि यी फिल्महरूको व्यापार निकै न्यून पाइएको छ । चलचित्र विकास बोर्डका अनुसार यी ती फिल्मको व्यावार जम्मा १४ लाख ३२ हजार मात्रै छ ।

बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार प्रदर्शन स्थागन गर्ने मध्ये ‘बिगुल’ले सबैभन्दा बढी ८ लाख ९७ हजार ग्रस कलेक्सन गरेको छ । समाजिक कथामा बनेको यो फिल्मका लागि २ हजार ६०९ वटा टिकट बिक्री भएको छ ।

त्यस्तै, पारिवारिक कथामा बनेको ‘श्री बुकुरो’ र सस्पेन्स थ्रिलर जनरामा बनेको ‘शिवांश’ले ३ लाख ग्रस कलेक्सन पुर्‍याउन सकेका छैनन् । ८०५ वटा टिकट बिक्री हुँदा ‘श्री बुकुरो’को ग्रस कलेक्सन २ लाख ७२ हजार छ ।

‘शिवांश’ हेर्न ७८७ वटा टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन २ लाख ६१ हजार मात्रै छ । यो कमजोर व्यापारिक आकडाले मेकरहरू न्यून अकुपेन्सीको लाज ढाक्न प्रदर्शन स्थगितको फन्डामा लागेको खुलेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १२ : ५६ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)