माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत « Khabarhub

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरूले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ सुरु भएको बताएका हुन् ।

सरकारी अधिकारीहरूका अनुसार छत्तीसगढमा वर्षौंदेखि सक्रिय रहेका देवजी भनेर पनि चिनिने माओवादी कमान्डर थिप्पिरी तिरुपतिले आत्मसमर्पण गरेका छन् । उनको आत्मसमर्पणलाई सुरक्षाकर्मीहरूले विद्रोही संरचनामा ठूलो धक्का ठानेका छन् । 

छत्तीसगढका उप–मुख्यमन्त्री विजय शर्माले आइतबार राति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा ‘यो अन्तिम चरण हो’ भन्दै यसलाई सशस्त्र नक्सलवादको पूर्ण उन्मूलनतर्फको शक्तिशाली कदम बताए।

भारतले माओवादी विद्रोहीविरुद्ध व्यापक सुरक्षा अभियान तीव्र बनाइरहेको छ । हिमालयको फेदमा रहेको एक गाउँको नामबाट परिचित ‘नक्सलवादी’ आन्दोलन करिब छ दशकअघि सुरु भएको थियो । त्यसयता फैलिँदै गएको यो आन्दोलन सन् २००० को दशकको मध्यतिर चरम अवस्थामा पुगेको थियो । 

त्यतिबेला १५ हजारदेखि २० हजारसम्म लडाकु सक्रिय रहेको अनुमान गरिएको थियो । त्यतिबेला देशको झन्डै एक तिहाइ भूभागमा विद्रोही प्रभाव देखिन्थ्यो । तर पछिल्ला वर्षहरूमा सुरक्षात्मक कारबाही र आत्मसमर्पणको लहरसँगै आन्दोलन नाटकीय रूपमा कमजोर भएको सरकारी दाबी छ ।

विद्रोहका क्रममा १० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । माओवादीहरूले भने आफूहरू वन क्षेत्रका सीमान्तकृत आदिवासी समुदायको अधिकारका लागि लडिरहेको बताउँदै आएका छन् । ती क्षेत्रहरूमा खानी कम्पनीहरूको चासो र बहुमूल्य प्राकृतिक स्रोतको दोहन मुख्य विवादको विषय रहँदै आएको छ ।

सरकारी तथ्यांकअनुसार सन् २०२४ यता ५०० भन्दा बढी माओवादी विद्रोही मारिएका छन्, जसमा केही शीर्ष कमान्डर पनि परेका छन् । आत्मसमर्पण र सुरक्षात्मक कारबाहीलाई तीव्र पार्दै सरकारले मार्च ३१ भित्र विद्रोह अन्त्य गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

गृहमन्त्री अमित शाहले शनिबारको एक सम्बोधनमा भारत ‘मार्च ३१ सम्म माओवाद अन्त्य गर्न तयार’ रहेको बताए। 

‘फेब्रुअरी अन्त्य हुँदै गइरहेको छ र मैले पहिले भनेको कुरा दोहोर्‍याउँछु– मार्च ३१ सम्ममा हामी यस देशलाई माओवादी समस्याबाट पूर्ण रूपमा मुक्त गर्नेछौँ’, उनले भनेका थिए । 

उनले विगत तीन वर्षमा हासिल प्रगतिको उल्लेख गर्दै यति जटिल र दीर्घकालीन चुनौती छोटो अवधिमा नियन्त्रणतर्फ उन्मुख हुनु ऐतिहासिक उपलब्धि भएको धारणा व्यक्त गरे ।

सरकारले आत्मसमर्पणलाई निर्णायक मोडको संकेतका रूपमा प्रस्तुत गरिरहँदा, विद्रोहको सामाजिक र आर्थिक जडबारे बहस भने अझै कायम छ । यद्यपि आधिकारिक दाबीअनुसार भारत माओवादी आन्दोलनको समापनतर्फ अब अन्तिम चरणमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १ : २८ बजे

धादिङ बस दुर्घटना छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट

इनड्राइभले आयोजना गर्‍यो ‘काठमाडौं क्लिन एयर डायलोग’

काठमाडौं– इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलोग आयोजना गर्दै उपत्यकामा बढ्दो

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा