दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर « Khabarhub

दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण कोरियाको राजकीय भ्रमणको क्रममा लुला र दक्षिण कोरियाली नेता ली जे म्युङले सियोलमा कृषि देखि व्यापारिक सहयोगसम्म समेट्ने गरी बहुआयामिक  सम्झौतामा हस्ताक्षर गरेका छन् ।

लीले स्वास्थ्य क्षेत्रमा नियामक सहयोगलाई बढावा दिन समझदारी ज्ञापनपत्र जारी गरेका छन् । जसले दक्षिण अमेरिकामा पठाइएका के–ब्युटी स्किनकेयर उत्पादनहरूका लागि अवरोधहरू कम गर्ने जनाइएको छ । 

सम्झौता पछि के–ब्युटी उत्पादनहरू “ब्राजिलका उपभोक्ताहरूका लागि अझै बढी पहुँचयोग्य हुने लीले बताए । दक्षिण कोरिया विश्वव्यापी सौन्दर्य प्रसोधन उद्योगमा प्रमुख उत्पादकको रूपमा देखा परेको छ, भने हरेक वर्ष अरबौं डलर मूल्यका स्किनकेयर उत्पादनहरू निर्यात गर्दै आएको जनाइएको छ ।

 यसै गरी ब्राजिल संसारमा सौन्दर्य उत्पादनहरूका लागि सबै भन्दा ठुलो बजार हो । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै लीले दुई देश बिचको वार्षिक व्यापार १० अर्ब डलर नाघेको उल्लेख गरे ।

ब्राजिल र दक्षिण कोरियाले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा बढाउन सहमत भएको पनि लीले बताएका छन् । लीले शिखर सम्मेलन अघि लुलाको उद्धारताको प्रशंसा गर्दै दुवै कठिन सुरुवातबाट शीर्ष सम्झौतामा पुगेको बताए ।

लुलालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेलमा हालिएको थियो, तर न्यायाधीश पक्षपाती भएको फेला परे पछि रिहा गरियो । लीको कार्यालयले लुला र उहाँकी श्रीमती रोसाङ्गेलाको जोडीलाई चित्रण गर्ने रङ्गीन केकले स्वागत गरेको जनाइएको छ । 

ब्राजिल दक्षिण अमेरिकामा दक्षिण कोरियाको सबै भन्दा ठूलो व्यापारिक साझेदार रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : २८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००