गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी « Khabarhub

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले कलंकीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर  घाइतेहरूको अवस्था र उपचारबारे जानकारी लिएका हुन्।

त्यस अवसरमा मन्त्री अर्यालले  घाइतेहरूको उपचारलाई सरकारले उच्च प्राथमिकता दिएकाले कुनै सन्देह नलिन सुझाव दिए । उनले दुवै अस्पतालका चिकित्सकलाई घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे।

पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ख १४२१ नम्बरको बस गएराति १ः३० बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा त्रिशूली नदी किनारमा खसेको थियो ।

घटनामा बसमा सवार ४४ यात्रुमध्ये  १९ जनाको मृत्यु र  २५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । घाइतेहरूको काठमाडौँको ट्रमा सेन्टरसहित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि मन्त्री अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा आजै बसेको बैठकले घाइतेहरूको उपचारलाई प्राथमिकता दिने तथा घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ५ : ५७ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित