ग्रानाडाले शीर्ष स्थानमा उक्लिने मौका गुमायो « Khabarhub

ग्रानाडाले शीर्ष स्थानमा उक्लिने मौका गुमायो


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा गेटाफेसँग ग्रानाडा पराजित भएको छ । गेटाफेसँग ३–१ गोल अन्तरले पराजित भएसँगै ग्रानाडा शीर्ष स्थानमा उक्लिनबाट बञ्चित भएको छ ।

यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको ग्रानाडाले गेटाफेको मैदानमा पराजय ब्यहोरेको हो । गेटाफेका लागि एन्जलले खेलको ३५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४१औं मिनेटमा माउरो अराम्बारीले गोल गरेपछि गेटाफेले पहिलो हाफअघि दुई गोलको अग्रता लिन सफल भयो ।

७४औं मिनेटमा एन्टोनियो पुयर्तासले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काए । तर टिमोरले ८८औं मिनेटमा अर्को गोल गरेपछि ग्रानाडा ३–१ ले पराजित भयो ।

पराजयको बाबजुत ग्रानाडा २० अंक सहित तेस्रो स्थानमा यथावत छ । गेटाफे १६ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ ।

ला लिगामा एइबारले भिल्लारियललाई २–१ ले हरायो । मालोर्का र ओसासुनाबीचको खेल भने २–२ गोलको बराबरीमा सकियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ०० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार