हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य « Khabarhub

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई २५५ रनको विशाल लक्ष्य दिएको छ ।

मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो । यो जारी विश्वकपकै सर्वाधिक उच्च स्कोर हो । यसअघि ओमानविरुद्धको खेलमा श्रीलंकाले २२५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले सर्वाधिक ८५ रन बनाए । ३४ बलका सामना गरेका उनले ७ चौका र ७ छक्का प्रहार गरे ।

रोभम्यान पावेलले ३५ बलमा ५९, रोमारियो शेफर्डले १० बलमा २१ रन बनाए । यस्तै कप्तान शाही होपले १४ रन बनाउँदा शेर्फेन रदरफोर्ड ३१ रनमा नटआउट रहे ।

जिम्बाब्बवेका लागि रिचर्ड न्गाराभा र ब्लेसिङ मुजरबानीले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : २६ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य