मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान « Khabarhub

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातिर प्रस्थान गरेका छन् । कञ्चनवन यस यात्रामा होली महोत्सवका लागि प्रसिद्ध छ ।

कञ्चनवन यो यात्राको आठौँ रात्रिबास हो भने महोत्तरीको पाँचौँ हो । यसअघि यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका यात्रीले जिल्लाका मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा रात्रिबास गरिसकेका छन् । जनकपुरधामलाई केन्द्र बनाएर जम्मा १३३ किलोमिटरको बृत्तमा गरिने १५ दिने यो परिक्रमामा धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ ।

फागुन औँसीका दिन धनुषाको मिथिलाविहारी नगरपालिकाको ठेराकचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको यो यात्रा मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला (डोली) साथ लगाई नाङ्गा खुट्टाले गरिन्छ ।

आज कञ्चनवनबाट धनुषा प्रस्थान गरेका यात्री रात्रिबास पर्वतामा गर्नेछन् । यसरी १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखरधाम, १२औँ दिन औरही र अन्तिम १५औँ दिनको रात्रिबास जनकपुरधामको रङ्गशाला मैदान हुनेछ । त्यसैगरी, यसअघि पहिलो दिनको रात्रिबास यात्रीले धनुषाकै हनुमानगढीमा गरिसकेका छन् ।

यस यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा कल्याणेश्वर (कलना), गिरिजास्थान (फुलहर), करुणा र बिसौल क्रमशः दोस्रो, तेस्रो, १३औँ र १४औँ दिनका रात्रि विश्रामस्थल रहँदै आएको परम्परा छ । यस यात्रामा महोत्तरी र धनुषासमेत १०७ र भारततर्फ २६ किलोमिटरको दूरी छिचोलिन्छ ।

अघि त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीराम र देवी सीता विवाहपछि तत्कालीन मिथिला राज्यका विभिन्न ठाउँमा वनविहार गर्दै भ्रमण गर्नुभएको विश्वासमा उनीहरूकै पदचाप पछ्याउन यो यात्रा परम्परा बसालिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णव बताउँछन् । मानव कल्याण र मोक्षको कामनासाथ यो यात्रा गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : २९ बजे

बालेन सरकारको एक महिना : दुई मन्त्री फिर्ता हुँदा अरू के–के भए काम ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपश्चात झण्डै दुई

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ

वर्षमान भन्छन् : नयाँलाई जिताउन व्यवसायीले बोरामै पैसा बोकेर हिँडे, अहिले पछुताउँदैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भरूवा बन्दुकसहित एकजना पक्राउ

दाङ– बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

पाल्पा– १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका- ४