सिन्धुपाल्चोक १ मा चारदलको रस्साकस्सी, पुरानालाई विरासत जोगाउने चुनौती « Khabarhub

सिन्धुपाल्चोक १ मा चारदलको रस्साकस्सी, पुरानालाई विरासत जोगाउने चुनौती


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ को विगत निर्वाचन परिणाम अध्ययन गर्दा नेकपा (एमाले) को मत आधार तुलनात्मक रूपमा स्थिर देखिएको छ । २०४८ सालपछि भएका आम तथा संविधानसभा निर्वाचनका तथ्यांकले एमालेको मतमा सामान्य घटबढ भए पनि आधारभूत मत प्रतिशत स्थायित्वतर्फ देखाउँछ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनले परिणामलाई निर्णायक बनायो । माओवादी केन्द्रका माधव सापकोटा ३०,४०८ मतसहित विजयी हुँदा एमालेका सरेश नेपालले २७,०६६ मत प्राप्त गरे । यसै निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले ३,५०३ मत ल्यायो । कुल ६६,०२८ मत सदर भएको थियो ।

२०७४ मा एमालेको समर्थनमा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा ४०,५०४ मतसहित विजयी भए । कांग्रेसका मोहनबहादुर बस्नेतले २९,७९५ मत पाए । यसले गठबन्धनको प्रभाव स्पष्ट देखायो ।

२०७० सालमा काँग्रेसका मोहनबहादुर बस्नेत १५,०२१ मतसहित विजयी भए । एमालेका अरुणप्रसाद नेपालले १४,९८९ मत ल्याएका थिए ।

माओवादीका सरल सहयात्री पौडेलले १०,३३० मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज भण्डारीले ६,५६७ मत प्राप्त गरेका थिए ।

पहिलो संविधानसभा निर्वाचन २०६४ मा माओवादी केन्द्रका राजकुमार श्रेष्ठ  २१,३२० मतसहित विजयी भए । एमालेका अरुणप्रसाद नेपालले १३,१२४ र कांग्रेसका मोहनबहादुर बस्नेतले ७,६७१ मत पाए । राप्रपाका पशुपति शमशेर जङ्गबहादुर राणाले ५,९६६ मत ल्याएका थिए ।

२०५६ मा कांग्रेसका मोहनबहादुर बस्नेत १९,१६८ मतसहित विजयी भए । एमालेका अमृतकुमार बोहराले १५,९५६ मत पाए ।

२०५१ मा भने एमालेका अमृतकुमार बोहरा १३,३६९ मतसहित विजयी भएका थिए । राप्रपाका पशुपति शमशेर राणाले १३,१७९ मत ल्याएका थिए ।

तथ्यांकले सिन्धुपाल्चोक–१ मा एमालेको मत आधार स्थिर रूपमा रहेको देखाउँछ । तर, काँग्रेस, माओवादी तथा अन्य दलको मतमा गठबन्धन, राष्ट्रिय लहर र उम्मेदवारको प्रभावका कारण ठूलो उतारचढाव देखिन्छ ।

क्षेत्र पुनः संरचनापछि एक पटक कांग्रेस–माओवादी गठबन्धन र अर्को पटक एमाले–माओवादी सहकार्यले माओवादी उम्मेदवारलाई विजयी गराएको देखिन्छ । यसले यहाँको मतदाताले स्थायी दलगत निष्ठाभन्दा पनि समयसापेक्ष राजनीतिक समीकरणलाई महत्त्व दिएको संकेत गर्दछ । 

तर, स्थिर मत आधार भएको दलका रूपमा एमालेको स्थिति निरन्तर प्रतिस्पर्धी रहँदै आएको छ । यो क्षेत्रमा चौपक्षीय प्रतिस्पर्धा हुने अवस्थामा स्थिर मत भएको दलको पल्लाभारी हुने विश्लेषण गर्न सकिन्छ । 

अघिल्लो निर्वाचनमा गठबन्धनसहित उत्रिएका दलहरू यसपटक भने एकल रूपमा चुनावमा होमिएपछि समीकरण बदलिएको छ । यस क्षेत्रबाट नेकपा (एमाले)का तर्फबाट सरेश नेपाल, नेपाली कांग्रेसका तर्फबाट जंगबहादुर लामा, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट माधव सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट भरतप्रसाद पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् ।

पुराना दलहरूका आधारमा नयाँ दल रास्वपाले मत कटौती गर्ने सम्भावनाले समीकरण थप जटिल बनाएको विश्लेषण गरिन्छ । क्षेत्र नं. १ अन्तर्गत भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका २, ३, ४, ९ र १० नं. वडा पर्छन् । कुल मतदाता संख्या १ लाख ३६ हजार ९८५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।   

अघिल्लो संघीय निर्वाचनमा समानुपातिकतर्फ यस क्षेत्रबाट एमालेले २२ हजार ७४, नेपाली कांग्रेसले १७ हजार २ सय ५०, माओवादी केन्द्रले १४ हजार ८ सय ८५, राप्रपाले ६ हजार ६ सय २१ तथा रास्वपाले ५ हजार १ सय ५४ मत ल्याएका थिए । अन्य दलहरू १ हजारभन्दा तलका मतमा सीमित रहेका थिए । 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : ०७ बजे

‘अफ्रिकन स्वाइनफिभर’ ले बङ्गुर मर्न थाले

चितवन– जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी

निर्वाचनका लागि चीनले दियो ४० लाख डलर बराबरको नगद अनुदान

काठमाडौं– सरकारले फागुन २१ गतेको निर्वाचनका लागि उत्तरी छिमेकी चीनबाट

महेश बस्नेतले भने- म शासक होइन, जनताको सेवक बन्न आएँ

भक्तपुर- नेकपा (एमाले) का सचिव एवम् भक्तपुर क्षेत्र नं. २

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका