तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा « Khabarhub

तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनेको छ। राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, कोणसभा र भेटघाटलाई बढाउँदै मतदातासमक्ष आफ्ना एजेन्डा राखिरहेका छन्।

तनहुँ–१ मा यसपटक १६ जना उम्मेदवार चुनावी मैदानमा छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा यस क्षेत्रबाट रामचन्द्र पौडेल प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। उनी राष्ट्रपति निर्वाचित भएपछि भएको उपनिर्वाचनमा स्वर्णिम वाग्ले विजयी भएका थिए । वाग्ले यसपटक पनि उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

वाग्लेले घरदैलो कार्यक्रममार्फत मतदाताका गुनासा र सुझाव सुन्दै आफ्ना प्राथमिकता र योजनाबारे जानकारी दिइरहेका छन् । विकास, सुशासन र रोजगारीलाई मुख्य मुद्दा बनाएर उनी मतदातासमक्ष पुगिरहेको बताए ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट भगवती न्यौपाने, नेकपाबाट विद्यानाथ ढकाल तथा राप्रपाबाट रामदत्त जोशीसहितका उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगका अनुसार तनहुँ–१ मा एक लाख ३६ हजार ११८ मतदाता रहेका छन्। निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : ५२ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स