तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा « Khabarhub

तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनेको छ। राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, कोणसभा र भेटघाटलाई बढाउँदै मतदातासमक्ष आफ्ना एजेन्डा राखिरहेका छन्।

तनहुँ–१ मा यसपटक १६ जना उम्मेदवार चुनावी मैदानमा छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा यस क्षेत्रबाट रामचन्द्र पौडेल प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। उनी राष्ट्रपति निर्वाचित भएपछि भएको उपनिर्वाचनमा स्वर्णिम वाग्ले विजयी भएका थिए । वाग्ले यसपटक पनि उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

वाग्लेले घरदैलो कार्यक्रममार्फत मतदाताका गुनासा र सुझाव सुन्दै आफ्ना प्राथमिकता र योजनाबारे जानकारी दिइरहेका छन् । विकास, सुशासन र रोजगारीलाई मुख्य मुद्दा बनाएर उनी मतदातासमक्ष पुगिरहेको बताए ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट भगवती न्यौपाने, नेकपाबाट विद्यानाथ ढकाल तथा राप्रपाबाट रामदत्त जोशीसहितका उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगका अनुसार तनहुँ–१ मा एक लाख ३६ हजार ११८ मतदाता रहेका छन्। निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : ५२ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट