०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने « Khabarhub

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका सबै काण्डको छानबिन हुने बताएका छन् । मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सो बताएका हुन् ।

‘०४६ साल पछिका सबै काण्डको छानबिन हुन्छ, प्रतिशोध हुँदैन, हिसाब हुन्छ’, उनले भने, जतिपनि लघुवित्त सहकारी लगायतका समाधान निकाल्न नसकेर, आरोपमाथि आरोप लगाएर, यसलाई समस्याग्रस्त बनाएर राख्ने तर, समाधान नगर्नेहरूलाई म यहीँबाट भन्न चाहन्छु, रवि लामिछानेलाई थुन्न बाहेक कुनै मान्छेलाई एक रुपैयाँ फिर्ता पायो ?’

उनले रास्वपाको सरकारले सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने बताए । साथै, उनले भूमिहीन सुकुम्बासीको दीर्घकालीन समस्या समाधान गर्ने पनि बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ४ : २६ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा