निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ « Khabarhub

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका छन् ।

प्रधानमन्त्री कार्कीले वालुवाटारमा सबै सुरक्षा प्रमुखहरुलाई बोलाएर जानकारी लिएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायतको उपस्थितिमा हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि भएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताइन् । उनले चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी तिनीहरुको कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन निर्देशन पनि दिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ८ : ४९ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य