एमालेको चुनावी पोस्टरबाट केपी ओली आउट ! « Khabarhub

एमालेको चुनावी पोस्टरबाट केपी ओली आउट !


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको चुनावी अभियानमा बनाइएका पोस्टरमा पार्टी सभापति गगन थापाको तस्बिरलाई विशेषगरी हाइलाइट गरिएको पाइन्छ । देशैभरीका कांग्रेसका उम्मेदवारले सभापति थापा नै अबको प्रधानमन्त्री भनेर पनि प्रचार गरिरहेका छन् ।

साथै, कांग्रेसले गगन नेतृत्वमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशनले कांग्रेस बद्लिएको र अब देश बदल्ने भन्दै प्रचार गरिरहेका छन् । ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारामा कांग्रेसले देशव्यापी चुनावी प्रचार गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही उम्मेदवारको कार्यक्रममा पुगेका छन् । ती कार्यक्रमसँग सम्बन्धित चुनावी पोस्टरमा उनको पनि तस्बिर देखिन्छ । तर, केही सीमित उम्मेदवार बाहेक अधिकांशले विगतमा झैँ चुनावी पोस्टरमा प्रचण्डको तस्बिर प्रयोग गरेका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने देशव्यापी चुनावी अभियान नै सञ्चालन गरेको छ। जहाँ पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह पुगेका छन्। साथै, रास्वपाले औपचारिक रूपमा नै आगामी सरकारको प्रधानमन्त्री बालेन्द्र शाह भनेर पनि चुनावी प्रचार गरेको छ ।

साथै, रास्वपाका झण्डै देशैभरीका उम्मेदवारले आफूसँगै पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता शाहको तस्बिर पनि केही न केही प्रचार गरेको देखिन्छ ।

‘राजनेता’ र ‘बा’ भने एमालेको पोस्टरबाटै आउट

नेकपा (एमाले)ले नेपाली राजनीतिमा जबरजस्त ‘राजनेता’ र ‘बा’ को रूपमा स्थापित गर्न खोजिएका पात्र अर्थात् अध्यक्ष केपी ओली भने यतिबेला एमालेका सबै उम्मेदवारको चुनावी पोस्टरबाट आउट भएका छन् । 

लामो समयदेखि ओलीको गुटमा रहेर काम गरेका उम्मेदवारदेखि अन्य सबै एमालेका उम्मेदवारले चुनावी पोस्टरबाट ओलीलाई पूर्ण रूपमा हटाइदिएका छन् ।

साथै, ओलीलाई आफ्नो क्षेत्रको चुनावी कार्यक्रममा बोलाउँदा समेत असर पर्ने डरले कुनै पनि एमालेका उम्मेदवारले ओलीलाई सार्वजनिक चुनावी कार्यक्रममा आमन्त्रण गरेका छैनन् ।

एमालेको एउटा समूहले केपी ओलीलाई नेपाली राजनीतिमा फरक ढंगले स्थापित गर्ने उद्देश्यले उनलाई सार्वजनिक रूपमा नै ‘राजनेता’को शब्दावली प्रयोग गरेर सम्बोधन गर्दै आएको थियो । साथै, ओलीलाई केन्द्रमा राखेर एमालेले बार्दली, बा जस्ता सामाजिक सञ्जाल समेत सञ्चालन गर्‍यो ।

तर, भदौमा भएको जेन-जी आन्दोलनले ओलीलाई सत्ताच्युत बनाइदिएपछि भने एमालेले ओलीलाई गर्न खोजेको ब्राण्डिङ रोकिएको चुनावी प्रचार सामग्रीबाट प्रस्ट देखिन्छ ।

विगतमा झैँ आफ्नै पार्टी कार्यकर्ता र उम्मेदवारहरूले देशव्यापी पोस्टरबाट आउट गरिदिएपछि ओली अहिले पार्टीको केन्द्रीय घोषणापत्र र झापा ५ मा मात्रै सीमित हुन पुगेका छन् ।

साथै, फागुन २१ गते हुने निर्वाचनले ओली र एमालेको पक्षमा अपेक्षित जनमत सिर्जना हुन सकेन भने ओलीको ब्राण्डिङ एमालेमा सधैँका लागि समेत रोकिनसक्ने एमालेभित्रैका नेता तथा कार्यकर्ताको अनुमान छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १ : २५ बजे

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने