माथिल्लो त्रिशूली १ को सम्झौता आज « Khabarhub

माथिल्लो त्रिशूली १ को सम्झौता आज


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना निर्माणका लागि आज सम्झौता हुँदैछ ।

जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ निर्माणका लागि अन्तर्राष्ट्रिय ऋणदातासँग आज(शुक्रवार) सम्झौता हुन लागेको हो ।

आयोजना प्रवद्धक नेपाल वाटार एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीले उर्जा मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा अन्तर्राष्ट्रिय ऋणदातासँग सम्झौता गर्न लागेको हो ।

जलविद्युत् आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना निर्माणका लागि ऋण लगानीकर्ताको टुंगो लागेको कम्पनीले जनाएको छ ।

कुल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको सो आयोजना निर्माणमा विदेशी लगानीकर्ताको ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणका रूपमा भित्रिन लागेको हो ।३० प्रतिशत पूँजी कम्पनीले लगानी गर्नेछ ।

रसुवाको सदरमुकाम धुन्चे र मैलुङको बीचमा पर्ने हाकुमा आयोजना निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ५९ बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा