अमेरिकी आरोपप्रति इरानको कडा प्रतिवाद « Khabarhub

अमेरिकी आरोपप्रति इरानको कडा प्रतिवाद


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गरिरहेको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई इरानले ‘ठूलो झुट’ भन्दै कडा रूपमा अस्वीकार गरेको छ । 

तेहरानले आफ्नो मिसाइल र आणविक कार्यक्रमबारे अमेरिकाले दोहोर्‍याउँदै आएको आरोपलाई आधारहीन प्रचारका रूपमा चित्रित गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी दाबीलाई ‘ठूलो झुटको पुनरावृत्ति’ भने। उनले इरानको आणविक कार्यक्रम, ब्यालेस्टिक मिसाइल विकास र जनवरी महिनामा भएको अशान्तिका क्रममा मृत्यु सङ्ख्याबारे लगाइएका आरोपलाई असत्य ठहर गरे। 

यद्यपि उनले स्पष्ट रूपमा कुन अभिव्यक्तिलाई लक्षित गरिएको हो भन्ने उल्लेख गरेका थिएनन्, तर केही घण्टाअघि ट्रम्पले इरानले अमेरिकी भूमिसम्म पुग्न सक्ने मिसाइल क्षमताको खोजी गरिरहेको दाबी गरेका थिए ।

यसअघि फेब्रुअरीमा अल जजिरालाई दिएको अन्तर्वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानसँग अमेरिकालाई लक्षित गर्ने क्षमता नरहेको बताएका थिए । तर अमेरिकाले आक्रमण गरेमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिए ।

स्टेट अफ द युनियन सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार बनाउन कहिल्यै अनुमति नदिने प्रतिबद्धता दोहोर्‍याउँदै तेहरानका नेताहरूले ‘फेरि आफ्नो भयावह आणविक महत्त्वाकांक्षा पछ्याइरहेको’ आरोप लगाएको थियो । इरानले भने विगतदेखि नै आफूले आणविक हतियार नखोजेको र शान्तिपूर्ण प्रयोजनका लागि मात्र आणविक प्रविधि प्रयोग गर्ने अधिकार रहेको दोहोर्‍याउँदै आएको छ ।

ट्रम्पले डिसेम्बरदेखि सुरु भई जनवरी ८ र ९ मा चरम सीमामा पुगेको विरोध प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले ३२ हजार मानिसको हत्या गरेको आरोपसमेत लगाएका थिए । 

इरानी पक्षले भने तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गर्दै हिंसाको कारण ‘संयुक्त राज्य अमेरिका र इजरायलद्वारा भड्काइएका आतङ्कवादी गतिविधि’ रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ५ : ४३ बजे

आज २०८३ साल वैशाख १३ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १३ गते आइतबार। वैशाख

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन