सर्लाहीमा गगनबारे रवि : काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ « Khabarhub

सर्लाहीमा गगनबारे रवि : काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका क्रममा सर्लाही पुगेका छन् । उनले बुधबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको क्षेत्रमा पुगेर सम्बोधन गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा समेत पुगेर सम्बोधन गरेका उनले सभापति थापालाई कुनै हालतमा हराउन आग्रह गरे ।

उनले सर्लाही ४ मा रास्वपाका डा. अमरेश सिंहले जित्ने दाबी गरे । ‘मलाई थाहा छ, सर्लाही ४ मा अमरेशजीले जित्नु हुन्छ’, उनले भने, ‘यो स्थानमा अमरेशजीले नभए पनि अर्को मधेशको छोरोले जित्नुपर्छ । तर यस पटक काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्दैछन् । उनलाई ठाउँको ठाउँ रोक्नुपर्छ।’

उनले पहाडी र मधेशी भनेर म यहाँको मान्छे, त्यहाँको मान्छे भनेर अब बस्न नहुने बताए । ‘अब एकै पटक देशलाई न्याय दिन नेपालको कुरा गर्ने हो’, उनले भने, ‘अघिपछिको चुनाव जस्तो होइन, यस पटक विशेष चुनाव छ । सर्लाहीसँगको मेरो नाता अन्याय पर्दा उभिएको पुरानो नाता हो ।’

उनले सर्लाहीलाई पर्दा विगतमा आफू लडेको भन्दै यस पटक न्याय दिन आग्रह गरे । ‘पहिले सर्लाहीका लागि लडेँ, यस पटक मलाई अलिकति न्याय चाहिएको छ, धेरै न्याय देशलाई चाहिएको छ’, उनले भने ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ५ : ४८ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य