करिअरकै हिट फिल्म ‘जेरी अन टप’ लिएर भारतमा जाँदै अनमोल « Khabarhub

करिअरकै हिट फिल्म ‘जेरी अन टप’ लिएर भारतमा जाँदै अनमोल


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीको करिअरकै हिट फिल्म ‘जेरी अन टप’ भारतमा रिलिज हुने भएको छ ।

निर्माता सरोज न्यौपानेका अनुुसार आगामी शुक्रबारदेखि फिल्म भारतका हलहरुमा रिलिज हुन लागेको हो ।

नेपाली भाषीहरूको बसोबास रहेको क्षेत्र लक्षित गरि फिल्म रिलिज गर्न लागेको उनले बताए ।

उनका अनुसार दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहितका सहरमा यो फिल्म हेर्न पाइनेछ ।

बिहीबार अर्थात् फेब्रअरी २६ का दिन गान्तोकमा यो फिल्मको प्रिमियर राखिएको छ । प्रिमियरमा भुवन केसी, अनमोल केसी र जसिता गुरुङ पनि उपस्थित हुनेछन् ।

असली प्रोडक्सनले फिल्मको भारत रिलिजको जिम्मेवारी पाएको हो ।

सुयोग गुरुङको निर्देशनमा बनेको ‘जेरी अन टप’ घरेलु बक्स अफिसमा १२ करोड ग्रस कलेक्सन गरेको थियो । अनमोलको सबैभन्दा बढी व्यापार गर्ने फिल्म यही हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : ३० बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा