राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे « Khabarhub

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति शेरबहादुर देउवा विदेश उडेका छन् ।

देउवा निकट स्रोतका अनुसार उनी स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर उडेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बेला देउवा विदेश उडेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देउवा बुधबार राति सिंगापुर एयरलाइन्सको उडानबाट विदेश उडेका हुन् । देउवा परिवारका सदस्यका साथ उपचारका लागि सिंगापुर उडेको स्रोतको दाबी छ ।

माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन भएपछि देउवा राजनीतिमा निष्क्रिय छन् । निर्वाचन आयोगले थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित समूहलाई आधिकारिकता दिएसँगै देउवा राजनीतिक कार्यक्रममा देखिएका छैनन् ।

यसअघि उनी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेपछि उपचारका लागि सिंगापुर पुगेका थिए । स्रोतका अनुसार देउवा उपचारको फलोअपका लागि फेरि सिंगापुर उडेका हुन् ।

फागुन २१ गतेको चुनावमा देउवालाई कांग्रेसले उम्मेदवार बनाएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ९ : ४४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली