गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुङ्गो « Khabarhub

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुङ्गो


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ ।

गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।

सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए । नेपाली काङ्ग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन ।

पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताए । तर पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उनको भनाइ थियो ।

रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल रहेको थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जीत हासिल गरेको थियो ।

वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साल साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याएका थिए । विसं २०७४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअनुसार उक्त वडामा कूल एक हजार ९६७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिका–७ का वडासदस्य थम्मनबहादुर बस्नेतको पनि ०७४ साल भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्यबाहेक अन्य सदस्यहरुको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : ३३ बजे

चुनावको मुखमा इन्सास राइफल र गोलीसहित एकजना समातिए

भक्तपुरः सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश

मौनअवधि उल्लङ्घन हुन थालेपछि झापा-५ मा प्रहरीको सक्रियता (तस्बिरहरू)

काठमाडौं– निर्वाचनको दिन नजिकिएसँगै देशभर मौनअवधि लागु भएको छ ।

फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

एजेन्सी– फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर

आदिवासी जनजाति ‘पैसामा बिक्ने र किन्न सकिने’ भनेपछि विवादमा सोविता

चितवन- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् सचिवालय, चितवनले राष्ट्रिय

दक्षता अभिवृद्धि गर्न ६ विधामा तालिम बोर्ड, आवेदन खुला

काठमाडौं – चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२’