देशमै युवाको भविष्य सुनिश्चित गर्छौँ : रास्वपा उम्मेदवार बम « Khabarhub

देशमै युवाको भविष्य सुनिश्चित गर्छौँ : रास्वपा उम्मेदवार बम


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार पुकार बमले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफू निर्वाचनमा होमिएको बताएका छन् ।  

बिहीबार घरदैलोका क्रममा रास्वपा उम्मेदवार बमले देशमा नै भविष्य खोजेका युवाहरूका लागि उचित वातावरण बनाउँदै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न आफू निर्वाचनमा होमिएको बताएका हुन् ।

आफ्नो क्षेत्रलाई सम्पदा पर्यटनको क्षेत्र बनाउने र विगतदेखि नै काठमाडौं–४ ले भोगिरहेको अन्याय अन्त्य गरिने उनको भनाइ छ ।

बमले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरू उत्साहित रहेको र रास्वपाले पाँच वर्षका लागि सरकार बनाउन सहयोग गरिरहेकाले आफ्नो पक्षमा नजिता आउने विश्वास व्यक्त गरे । 

काठमाडौं क्षेत्र नम्बर–४ मा रास्वपा उम्मेदवार बमका साथै एमालेबाट राजन भट्टराई, कांग्रेसबाट सचिन तिमल्सिना, नेकपाबाट इन्द्र कुमार भुसाल, राप्रपाबाट सुरेन्द्र भण्डारी लगायत २८ जना चुनावी प्रतिस्पर्धामा छन् । 

यस क्षेत्रमा कूल ७६ हजार १४१ मतदाता रहेका छन् भने कूल ३३ मतदानस्थल र ८८ मतदान केन्द्र रहेका छन् । सो क्षेत्रमा यसअघि नेपाली कांग्रेसका गगन कुमार थापा विजयी भएका थिए । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  १ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली