रोग नियन्त्रणमा खानपान र औषधिको भूमिका : यस्ता छन् भ्रम र यथार्थ « Khabarhub

रोग नियन्त्रणमा खानपान र औषधिको भूमिका : यस्ता छन् भ्रम र यथार्थ



काठमाडौं– अहिलेको समयमा मानिसहरू आफ्नो खानपानका बारेमा निकै सचेत भएका छन्, तर यो सचेतनासँगै भ्रमहरू पनि उत्तिकै फैलिएका छन् । 

विशेष गरी मुटु, सुगर, कोलेस्ट्रोल, थाइराइड र युरिक एसिड जस्ता समस्या देखिएपछि मानिसहरू के खाने र के नखाने भन्ने कुरामा निकै अन्योलमा पर्ने गर्छन् ।

युरिक एसिड र गेडागुडीको भ्रम

युरिक एसिड बढ्दा धेरैले गेडागुडी खान पूर्ण रूपमा बन्द गर्छन् । तर, गेडागुडी मुटुका लागि निकै राम्रो खाना हो । युरिक एसिड बढ्नुमा खानपानको तुलनामा वंशाणुगत कारण बढी जिम्मेवार हुन्छ । 

रक्सी पूर्ण रूपमा बन्द गर्ने र रातो मासु कम गर्ने बाहेक दही, माछा र गेडागुडी जस्ता स्वस्थकर खानेकुरा बार्नु आवश्यक छैन । एउटा साधारण औषधिको सेवनले युरिक एसिड नियन्त्रण गरी शरीरलाई आवश्यक पोषण लिन सकिन्छ ।

थाइराइडमा तरकारी बार्नुपर्दैन

थाइराइडका बिरामीले बन्दा, काउली, मूला, गाँजर जस्ता तरकारी खानुहुँदैन भन्ने ठूलो जनविश्वास छ । 

तर यी स्वस्थकर तरकारी बार्नुभन्दा थाइराइडको औषधिको मात्रा मिलाउनु बढी व्यवहारिक हुन्छ । दैनिक खाइने यी तरकारी बार्दा खानाको गुणस्तर घट्छ र शरीरमा अन्य पोषक तत्त्वको कमी हुन सक्छ ।

मुटु रोगी र अनावश्यक बार्ने बानी

मुटुको समस्या भएका वा मुटुमा स्टेन्ट हालेका बिरामीले धेरै खानेकुरा बार्दा शरीर निकै कमजोर हुने गरेको पाइन्छ । मुटु रोग लागिसकेका व्यक्तिको हकमा १ नम्बरमा औषधि र २ नम्बरमा मात्र खानपान आउँछ । 

बाहिरी तयारी खाना, ट्रान्स फ्याट र धेरै चिल्लो बार्नुपर्छ, तर घरमा पाक्ने सामान्य नेपाली खाना (दाल, भात, तरकारी) मज्जाले खान सकिन्छ । बिरामीले आफूलाई कमजोर बनाउने गरी खानपानमा कडाइ गर्नु हुँदैन ।

उच्च रक्तचापमा व्यायामको जोखिम

धेरैलाई लाग्छ कि रक्तचाप बढेको बेला औषधि नखाई व्यायाम र खानपानले मात्र घटाउँछु । तर यदि रक्तचाप १६०-१०० भन्दा माथि छ भने तत्काल औषधि खानु आवश्यक हुन्छ । 

यस्तो अवस्थामा भारी व्यायाम वा दौडधुप गर्दा मस्तिष्कको नसा फुट्ने वा अन्य स्वास्थ्य दुर्घटना हुने जोखिम रहन्छ । पहिले औषधिको मद्दतले रक्तचाप नियन्त्रणमा ल्याएर मात्र नियमित व्यायाम सुरु गर्नु बुद्धिमानी हुन्छ ।

कोलेस्ट्रोल र जीवनशैली

कोलेस्ट्रोल नियन्त्रणका लागि खानपान मात्र पर्याप्त नहुन सक्छ। धेरै बिरामीले खानेकुरा बारे पनि चुरोट र रक्सी नछोड्ने गर्दा कोलेस्ट्रोल नियन्त्रण हुँदैन । 

चुरोटले मुटुको नसामा ब्लकेज गर्ने सम्भावना निकै बढाउँछ । त्यसैले, कोलेस्ट्रोल नियन्त्रणका लागि औषधि, स्वस्थ खानपान र हानिकारक बानी (चुरोट, रक्सी) को त्याग उत्तिकै जरुरी छ ।

रोग लाग्न नदिनका लागि खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ, तर रोग लागिसकेपछि भने औषधिलाई प्राथमिकता दिनुपर्छ । औषधिको प्रयोगले रोग नियन्त्रणमा राखेर स्वस्थ जीवनयापन गर्न सकिन्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १२ : ४७ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं-सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना