चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू « Khabarhub

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको मध्यावधि निर्वाचनबाट सबै सीटमा आफूहरूलाई जिताइदिन आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा शुक्रबार आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै लामिछानेले अरू सबै दललाई सडकमा पुर्‍याइदिन भनेका हुन्।

उनले सहकारी ठगीसम्बन्धी मुद्दामा आफूलाई निवासबाट पक्राउ गर्दा अन्तिम इच्छा सोधिएको भन्दै त्यसको जवाफ फागुन २१ गतेको चुनावबाट दिन पनि मतदातालाई भनेका छन् ।

‘मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनु होला’, उनले भने, ‘मतदानमार्फत् अन्तिम इच्छा तपाईंहरूले नै देखाइदिनु हुनेमा म ढुक्क छु ।’

लामिछानेले भदौ २३ गतेको जेन-जी आन्दोलनमा गोली हान्नेहरूले नै सिंहदरबार जलाएको पनि जिकिर गरेका छन् ।

‘सिंहदरबार भ्रष्टाचारको अखडा हुँदैनथ्यो भने जल्दैनथ्यो । सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह, मानिस र एउटै जात हुन्’, उनले भने, ‘अब जलेको त्यो सिंहदरबार हामी बनाउँछौँ र बदल्छौँ पनि।’

उनले मतदातालाई अरू दललाई एक सीट पनि नदिन आग्रह गरे । ‘अरूलाई एक सीट पनि नदिनू, सबै सीटमा रास्वपा आउनुपर्छ’, उनले भने, ‘अरू सबै दलहरूलाई सडकको प्रतिपक्ष बनाइदिनू ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ४४ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य