चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू « Khabarhub

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको मध्यावधि निर्वाचनबाट सबै सीटमा आफूहरूलाई जिताइदिन आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा शुक्रबार आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै लामिछानेले अरू सबै दललाई सडकमा पुर्‍याइदिन भनेका हुन्।

उनले सहकारी ठगीसम्बन्धी मुद्दामा आफूलाई निवासबाट पक्राउ गर्दा अन्तिम इच्छा सोधिएको भन्दै त्यसको जवाफ फागुन २१ गतेको चुनावबाट दिन पनि मतदातालाई भनेका छन् ।

‘मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनु होला’, उनले भने, ‘मतदानमार्फत् अन्तिम इच्छा तपाईंहरूले नै देखाइदिनु हुनेमा म ढुक्क छु ।’

लामिछानेले भदौ २३ गतेको जेन-जी आन्दोलनमा गोली हान्नेहरूले नै सिंहदरबार जलाएको पनि जिकिर गरेका छन् ।

‘सिंहदरबार भ्रष्टाचारको अखडा हुँदैनथ्यो भने जल्दैनथ्यो । सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह, मानिस र एउटै जात हुन्’, उनले भने, ‘अब जलेको त्यो सिंहदरबार हामी बनाउँछौँ र बदल्छौँ पनि।’

उनले मतदातालाई अरू दललाई एक सीट पनि नदिन आग्रह गरे । ‘अरूलाई एक सीट पनि नदिनू, सबै सीटमा रास्वपा आउनुपर्छ’, उनले भने, ‘अरू सबै दलहरूलाई सडकको प्रतिपक्ष बनाइदिनू ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ४४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर