पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल « Khabarhub

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

काबुल- अफगानिस्तान र पाकिस्तानबीच बढ्दो सैन्य तनावप्रति विश्वभरबाट चिन्ता व्यक्त भएको छ।

दुई छिमेकीबीच युद्धको थालनी भएपछि चीनले गहिरो चिन्ता व्यक्त गरेको छ। चीनको विदेश मन्त्रालयले दुवै देशलाई संवादमार्फत् विवाद समाधान गर्न आग्रह गरेको छ।

मन्त्रालयकी प्रवक्ता माओ निङले चीन छिमेकी र मित्र राष्ट्रको हैसियतले वर्तमान अवस्थाप्रति चिन्तित रहेको र हिंसामा भएको जनधनको क्षतिप्रति दुःखी रहेको बताइन्।

उनले अवस्था अझै बिग्रिए दुवै देशलाई नोक्सान पुग्ने चेतावनी दिँदै चीनले आफ्नै तरिकाबाट मध्यस्थताको प्रयास गरिरहेको जानकारी दिइन्।

यस्तै, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि पाकिस्तान र अफगानिस्तानलाई तत्काल सबै सैन्य कारबाही रोक्न अपिल गरेका छन्। उनले सीमापार आक्रमण र खुला द्वन्द्वका कारण भएको जनहानि दुःखद भएको उल्लेख गर्दै रमजान महिनामा भइरहेको हिंसालाई झन् गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

उनले पाकिस्तानका वैध सुरक्षा चासोलाई सम्बोधन गर्नुपर्ने तर अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान पनि उत्तिकै आवश्यक रहेको धारणा राखे। मतभेदको समाधान संवादबाट मात्र सम्भव हुने उनको भनाइ छ।

यसैबीच संयुक्त राष्ट्रका तर्फबाट पनि तनाव कम गर्न अपिल गरिएको छ। अफगानिस्तानका लागि संयुक्त राष्ट्रका विशेष प्रतिवेदक रिचर्ड बेनेटले वर्तमान अवस्था दुर्भाग्यवश हिंसामा परिणत भएको बताएका छन्।

उनले नागरिकको सुरक्षा सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्ने र अवस्था थप बिग्रन नदिन तत्काल तनाव घटाउने कदम चाल्नुपर्ने बताएका छन्।

उता, इरानले पनि दुवै देशबीच मध्यस्थता गर्न प्रस्ताव गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत रमजानको पवित्र महिनाको अवसरमा संवाद र असल छिमेकी सम्बन्धमार्फत मतभेद समाधान गर्न आग्रह गरेका छन्।

इरानले दुवै देशबीच वार्ता सहज बनाउन र पारस्परिक समझदारी तथा सहयोग बलियो बनाउन सहयोग गर्न तयार रहेको जनाएको छ।

त्यसैगरी रूसले पनि अफगानिस्तान र पाकिस्तानलाई तत्काल लडाइँ रोक्न अपिल गरेको छ। रूसी समाचार एजेन्सी आरआईए नोभस्टीका अनुसार रूसी विदेश मन्त्रालयले आक्रमण बन्द गरी मतभेद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने जनाएको छ।

आवश्यक परे मध्यस्थता गर्न तयार रहेको र क्षेत्रीय स्थिरता कायम राख्न तत्काल कदम चाल्नुपर्नेमा मस्कोले जोड दिएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : ०० बजे

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा