इजरायलसँग मिलेर इरानमाथि हमला गरिरहँदा यसो भन्छन् ट्रम्प « Khabarhub

इजरायलसँग मिलेर इरानमाथि हमला गरिरहँदा यसो भन्छन् ट्रम्प


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि हमला गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गरेका छन् । भिडियो सन्देशमा उनले इरानमाथि जारी हमलामा अमेरिकी संलग्नता पुष्टि गरेका छन् ।

अमेरिका र इजरायली हमलासँगै इरानको राजधानी तेहरानसहित विभिन्न शहरमा विस्फोटको आवाज सुनिएको छ ।

महिनौँ लामो योजनापछि अमेरिका र इजरायल मिलेर संयुक्त रुपमा इरानमाथि हमला गरेको इजरायली अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी गरेका छन् । त्यस्तै, आफूहरुले इरानसँग सम्झौताका लागि बारम्बार प्रयास गरेको उनको भनाइ छ ।

इरानले आणविक कार्यक्रम पुनर्निमाण गर्ने प्रयास गरेको भन्दै उनले इरानले आणविक हतियार प्राप्त नगरोस् भन्नेमा आफूहरु ढुक्क हुन चाहेको जनाएका छन् ।

उनले अमेरिका र अरुलाई जोखिममा पार्न इरानले लामो दूरीको क्षेप्यास्त्र पनि बनाइरहेको दाबी गरेका छन् । उनले अमेरिकाले इरानको क्षेप्यास्त्र र क्षेप्यास्त्र उद्योगलाई माटोमा मिलाइदिने चेतावनी पनि दिएका छन् ।

उनले इरानी नौसेना पनि ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  २ : ०३ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य