एकता पक्षधर र देशलाई संकटतर्फ धकेल्ने शक्तिबीच टकराव : प्रचण्ड « Khabarhub

एकता पक्षधर र देशलाई संकटतर्फ धकेल्ने शक्तिबीच टकराव : प्रचण्ड


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठूलो जनमत संग्रहजस्तै भएको बताएका छन्।

शनिबार कपिलवस्तुको कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको रक्षा र राष्ट्रिय एकताको पक्षमा उभिने शक्तिलाई समर्थन गर्ने समय आएको बताए। उनका अनुसार यसपटकको निर्वाचन केवल नियमित राजनीतिक प्रक्रिया नभई मुलुकको दिशा तय गर्ने महत्वपूर्ण अवसर हो।

प्रचण्डले राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने शक्ति र देशलाई संकटतर्फ धकेल्ने प्रवृत्ति अहिले चुनावी प्रतिस्पर्धामा रहेको दाबी गरे। मतदाताका सामु राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्ने वा अन्य विकल्प रोज्ने भन्ने अहम् प्रश्न रहेको उनको भनाइ थियो।

उनले मुलुकमा निर्वाचन हुने अवस्था सिर्जना हुनु नेकपाका लागि गर्वको विषय भएको उल्लेख गर्दै पार्टीको पक्षमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : ३५ बजे

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि