मतदातालाई राजेन्द्र लिङ्देनले भने– ८ वर्षअघिको अवस्था सम्झिनुस्, केही भएको छैन नभन्नुस्  « Khabarhub

मतदातालाई राजेन्द्र लिङ्देनले भने– ८ वर्षअघिको अवस्था सम्झिनुस्, केही भएको छैन नभन्नुस् 


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकास र जनताले गरेको अनुभूति स्मरण गराएका छन् । 

शनिबार राजगढमा आयोजित आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो दुई कार्यकालमा भएका विकास र प्रगतिलाई स्मरण गराउँदै मतदातालाई भने, ‘भोट दिन मन नलागे  नदिनुस्, तर यस क्षेत्रमा केही काम नै भएको छैन चाहिँ नभन्नुस् ।’ 

आफू सो क्षेत्रमा निर्वाचित हुनुअघि शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रको लथालिङ्ग अवस्थालाई स्मरण गराउँदै अध्यक्ष लिङ्देनले आफू निर्वाचित भएपछि स्थानीय तहसँग समन्वय गरेर सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गरेको पुनः सम्झाए । 

‘आजभन्दा आठ वर्षअगाडि यो क्षेत्रबाट सांसदको हिसाबले तपाईंहरूले मलाई चुनाव जिताउनुभयो । आठ वर्षदेखि यो क्षेत्रको प्रतिनिधि छु । आठ वर्ष अगाडि यो ठाउँको अवस्था के थियो ?  एउटा कतै हामीले कालोपत्रे सडक देखेका थियौँ ? हाम्रो बाटोको अवस्था के थियो ? नदीको अवस्था के थियो?’ उनले भने, ‘आज नदी तटबन्धका कामहरू भएका छन्। सडक कालोपत्रे भएका छन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि काम भएका छन्।’

आफ्नो सिफारिसमा स्थानीय तहले पनि काम गरेको जानकारी दिँदै उनले आफ्नै सिफारिसमा भारतको सिमानासम्म सडक बनेको बताए। 

‘भारतको सिमानासम्म यो बाटो कसले बनायो रु म आज चुनौतीका साथ भन्छु कि कसैले यो बाटो मेरो सिफारिसमा बनेको हो । यसलाई कसले होइन भनेर प्रमाणित गर्छ भने म मैदान छाडेर उसलाई सघाउँछु,’ अध्यक्ष लिङ्देनले भने । 

अध्यक्ष लिङ्देनले समाचारहरूमा आएजस्तो कुनै पनि राजनीतिक दलहरूसँग राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल नगरेको बताउनु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै देश र जनता जोगाउने हो भने यो ब्यवस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने दाबी गरे। 

आफूलाई र राप्रपालाई राप्रपाको मात्रै होइन सबै पार्टी र विचारप्रति आस्थावानहरुको भोट चल्ने बताउँदै हलोमा भोट हाल्न मतदातालाई आग्रह समेत गरे। लिङ्देनले राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताएका छन्। 

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी बेग्लै पहिचान बोकेर अगाडि बढेको उल्लेख गरे। राप्रपालाई बहुमत नदिए देश नै नरहने जिकिर गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बहुमत दिन आम मतदातालाई अपिल समेत गरे। 

अहिले देशमा दुइखाले अतिवाद हावी भइरहेको छ, यस्तो अवस्थामा देशलाई स्थिर र समन्वयकारी शक्तिको खाँचो छ, त्यो शक्ति राप्रपा नै भएको प्रष्ट पार्दै अध्यक्ष लिङ्देनले आगामी संसदमा बलियो राप्रपा चाहिने हुँदा सोचविचार गरेर मतदान गर्न मतदातालाई आग्रह गरे।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ६ : ०३ बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान