‘बालेन साहमाथि गोली प्रहार’ भन्दै भ्रामक पोस्ट गर्ने युवक पक्राउ « Khabarhub

‘बालेन साहमाथि गोली प्रहार’ भन्दै भ्रामक पोस्ट गर्ने युवक पक्राउ


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साह माथि गोली प्रहार’ भन्ने भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भएका २३ वर्षीय प्रकाश भट्टलाई काठमाडौं महानगरपालिका–५ डबली चोकबाट पक्राउ गरिएको हो।

प्रहरीले भट्टमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरी समाजमा नकारात्मक असर पार्ने कार्य कानुनविपरीत रहेको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने बताएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वसाधारणलाई सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार हुन र अपुष्ट तथा भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : २० बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट