स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजमाथि मिसाइल प्रहार, सयौँ ट्यांकर रोकिए « Khabarhub

स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजमाथि मिसाइल प्रहार, सयौँ ट्यांकर रोकिए


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

तेहरान- स्ट्रेट अफ होर्मुज क्षेत्रमा क्षेत्रमा एक जहाजमाथि ‘अज्ञात प्रक्षेप्य’ प्रहार भएको छ । ब्रिटेनको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्डम म्यारिटामइम ट्रेड अपरेशन (युकेएमटीओ) ले यसबारे जानकारी दिएको छ।

ओमानको उत्तर र स्ट्रेट अफ होर्मुज क्षेत्रको पूर्वतर्फ रहेको एक जहाजमा पानीको सतहभन्दा माथिल्लो भागमा अज्ञात प्रक्षेप्य लागेको हो।

सुरूमा इन्जिन कक्षमा आगलागी भएको खबर आए पनि अहिले आगो नियन्त्रणमा आएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको युकेएमटीओले जनाएको छ।

आइतबार नै उक्त ब्रिटिश निकायले ओमानको कुम्जार क्षेत्रनजिक अर्को घटनाबारे सूचना प्राप्त भएको जनाएको थियो।

होर्मुज क्षेत्र विश्वकै सबैभन्दा महत्वपूर्ण तेल निर्यात मार्ग मानिन्छ। यसले साउदी अरेबिया, इरान, इराक र संयुक्त अरब इमिरेट्सजस्ता प्रमुख तेल उत्पादक राष्ट्रलाई ओमानको खाडी र अरब सागरमार्फत विश्व बजारसँग जोड्छ।

सयौँ ट्यांकर रोकिए

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्र नयाँ युद्धतर्फ धकेलिएको भन्दै समुद्री गतिविधिमा असर देखिएको छ।

जहाज ट्र्याकिङ प्लेटफर्म मरीनट्राफिकको तथ्यांकलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार कम्तीमा १५० तेल तथा एलएनजी ट्यांकर होर्मुजको बाहिर खुला खाडी क्षेत्रमा लंगर हालेर रोकिएको छ।

त्यसैगरी यो क्षेत्रको अर्को किनारतर्फ पनि दर्जनौँ जहाज रोकिएका छन्। ती ट्यांकरहरू इराक, साउदी अरेबिया र एलएनजी उत्पादक कतारजस्ता खाडी राष्ट्रहरूको तट नजिकै उभिएका देखिएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : ०८ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा