रुपन्देही–२ का सभापति थापालाई राप्रपाले गर्‍यो निलम्बन « Khabarhub

रुपन्देही–२ का सभापति थापालाई राप्रपाले गर्‍यो निलम्बन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले निर्वाचन क्षेत्र नं. २ का सभापति रामबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको छ।

जिल्ला कार्य समिति रुपन्देहीद्वारा जारी पत्रअनुसार पार्टीको नीति तथा हितविपरीत व्यक्तिगत रूपमा आर्थिक प्रलोभनमा परी नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको आरोप थापामाथि लगाइएको छ । पार्टीका अनुसार थापाको उक्त गतिविधि अत्यन्तै दुःखद तथा निन्दनीय रहेको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, ‘पार्टीको निर्देशनविपरीत व्यक्तिगत सम्झौता गर्दै संगठनलाई हानी–नोक्सानी पुर्‍याउने कार्य गरेको ठहर गर्दै आजकै मितिदेखि उनलाई निलम्बन गरिएको हो।’ यस विषयमा थापाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ४२ बजे

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको