कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे « Khabarhub

कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कुवेत- कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसेको समाचार आएको छ। कुवेतको रक्षा मन्त्रालयले एकसाथ कयौँ अमेरिकी सैन्य विमानहरू दुर्घटनाग्रस्त भएका जनाएको छ। तर दुर्घटनाका क्रममा सबै चालक दलका सदस्यहरू बाँचेका कुवेत सरकारले जनाएको छ ।

सीएनएनले जियोलोकेट गरेका भिडियोहरूले कुवेतमा एक फाइटर जेट दुर्घटनाग्रस्त भएपछि पाइलटले प्यारासुट प्रयोग गरेर जमिनमा झरेको देखाएका छन्। तर कतिको संख्यामा लडाकु जेट खसे भन्ने खुलेको छैन।

इरानसँग युद्ध विस्तार हुँदै गर्दा यी दुर्घटना भएका हुन् । उता इरानका शीर्ष अधिकारीले तेहरानले अमेरिकासँग वार्ता नगर्ने घोषणा गरेका छन् ।।

यसबीचमा दुबई, अबु धाबी र दोहा जस्ता खाडीका शहरहरूमा विस्फोटका आवाजहरू सुनिएका छन् । उता इजरायल र हिजबुल्लाहबीच द्वन्द्व बढ्दै गएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुवेतमा तीन अमेरिकी सैनिकहरू मारिएपछि थप अमेरिकी हताहत हुन सक्ने स्वीकार गरेका छन्।

युद्धले अहिले हवाई यात्रा प्रभावित गरेको छ, सामान्यतया सुरक्षित मानिने अमेरिका-मित्र खाडी राज्यहरूलाई ठूलो आक्रमण भएको छ

संसारका विभिन्न देशले आफ्ना नागरिकहरूलाई उद्धार गर्न खोजिरहेका छन् । तर देशहरूले पनि ठूलो चुनौतीको सामना गरिरहेका छन्।

मध्यपूर्वको संकट तेस्रो दिनमा प्रवेश गर्दा हिजबोल्लाहले इजरायलको एक सैन्य आधारमा हमला गरेको छ । जसको जवाफमा इजरायल डिफेन्स फोर्सले प्रत्याक्रमण गरेको छ। जसकाकारण लेबननमा ३१ जना मारिएका छन् ।

उता साइप्रसस्थित ब्रिटिश रोयल एयर फोर्सको बेसमा शङ्कास्पद ड्रोन आक्रमण भएको छ।

त्यसैगरी, यूएईको विदेश मन्त्रालयले इरानका राजदूतलाई बोलाएर आक्रमणको निन्दा गरेको छ । यसलाई सार्वभौमिकतामा उल्लङ्घनको रूपमा व्याख्या गरेको छ।

यूएईका अधिकारीहरूले हवाई रक्षा प्रणालीले मिसाइल सफलतापूर्वक आक्रमण रोक्न सफल भएको जनाएका छन् ।

तीव्र तनाव र क्षेत्रीय तथा विश्वव्यापी प्रभावको बीचमा तेस्रो दिनका प्रत्यक्ष अपडेटहरू जारी छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ३ : २५ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा