उपनिर्वाचनका लागि भक्तपुरबाट नेकपाका तीन उम्मेदवारको नाम सिफारिस « Khabarhub

उपनिर्वाचनका लागि भक्तपुरबाट नेकपाका तीन उम्मेदवारको नाम सिफारिस


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) को उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तीन जनाको नाम सिफारिश गरेको छ ।

उम्मेदवारका आकांक्षी १६ जना रहेकामा पटक–पटकको बैठकले नाम छनोट गर्दै सर्वसहमत खोजे पनि नसकेपछि अन्ततः  तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको पार्टी अध्यक्ष बचन देउजाले जानकारी दिए ।

बैठकबाट पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, र देवीप्रसाद (डिपी) ढकालको नाम सिफारिस गरेको उनले जानकारी दिए ।

जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेशसभामा तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातबाट निधन भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो क्षेत्रमा सहमति हुन नसकेपछि नेपाली काङ्ग्रेसले १० जनाको नाम सिफारिस गरेको छ,भने साझा पार्टीले एक जनाको नाम घोषणा गरेको छ । अन्य दलले अझै नाम सिफारिस गर्न सकेका छैनन् । उक्त क्षेत्रमा चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नं– १० पर्छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : ५५ बजे

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,