यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती « Khabarhub

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको गाउँ र भोजपुरमा विशेष कार्यक्रम गरेर स्मरण गरिएको छ ।

प्रजातान्त्रिक योद्धा जननायक राईको ११७ औँ जन्मजयन्तीका अवसरमा उनकै जन्मस्थल रामप्रसाद गाउँपालिकाको बासिखोरास्थित आफ्नै निवासमा विशेष कार्यक्रम गरिएको हो ।

उनको जन्मस्थलसँगै सदरमुकाम भोजपुर, विराटनगर र काठमाडौंमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर जन्म जयन्ती मनाइएको छ ।

कार्यक्रमममा देशमा प्रजातन्त्र, स्वतन्त्रता र जनअधिकार स्थापनाका लागि संघर्षरत रहँदा रहँदै बेपत्ता पारिएका प्रजातान्त्रिक योद्धा राईको योगदान, साहस र राष्ट्रप्रेमको स्मरण गरिएको छ।

उता ललितपुरस्थित केन्द्रीय कार्यसमितिले पनि रामप्रसादको स्मरण गरेको छ । रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रीय समितिले कीर्तिपुरको चोभारस्थित असहाय बालगृहका लागि खाद्यान्न र कपी कलमसहितका सामग्री विवतरण गरेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १२ : ५५ बजे

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ

देउवा आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि विमानस्थलमा

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं– कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता