फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव « Khabarhub

फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोश्नी कार्की र उषा रजकले विगतका फिल्ममाभन्दा यसमा काम गर्दाको फरक अनुभव सेयर गरेका छन् ।

लालिमा’मा नायिका रोश्नी कार्की‘ले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो नै उनको करिअरको एक विशेष फरक अनुभव हो । त्यसमाथि उनको पात्रको नामबाटै फिल्मको शीर्षक राखिएको छ ।

शीर्ष भूमिकाको प्रस्तवलाई आफूले अवसर र चुनौती दुवै कोणबाट ग्रहण गरेको रोश्नीले सेयर गरिन् ।

उनी भन्छिन्, ‘मलाई शीर्ष भूमिकाको प्रस्ताव आउँदा चुनौती महसुस भएको थियो । फिल्म नै आफ्नो काँधमा लिएर हिड्न सक्छु कि सक्दिनँ भन्ने डर पनि लागेको थियो ।’

यस फिल्मको पात्र ‘लालिमा’ निर्माणका लागि पनि आफूले व्यक्तिगतरुपमा नौलो अभ्यास गरेको उनले बताइन् ।

उनी भन्छिन्, ‘यो फिल्ममा मैले यौनकर्मीको भूमिका निर्वाह गरेको छु । यौनकर्मीहरू मैले कहिल्यै देखेको पनि थिइनँ, न निगरानी नै गरेको थिएँ । यही कारण मैले पात्र निर्माणका लागि यौनकर्मीहरूसँग भेट्नुपर्‍यो । यो मेरो फरक अनुभव हो ।’

नायिका उषा रजक यो फिल्ममा ‘आमा’को भूमिकामा छिन् । यो पात्रको शारीरिक विशेषता फरक क्षमता (बोल्न नसक्ने) छ ।

‘लालिमा’मा जस्तै फरक क्षमताको पात्र उनले पहिल्यै निर्वाह गरेको थिइन् । तर, उनले आफ्नो दुई दशकभन्दा लामो अभिनय करिअरमा लिएको पहिलो निर्णय हो– आमाको भूमिकामा निर्वाह गर्ने ।

प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको भूमिकामा देखिने उनी यस पटक आमाको क्यारेक्टर भूमिकामा देखिएकी छन् ।

यसबारे उषा भन्छिन्, ‘मलाई सामाजिक सञ्जालमा ‘अब तपाईंको उमेरअनुसारको क्यारेक्टर गर्नुस्’ भनेर प्रतिक्रिया आएको थियो । दर्शकको त्यही प्रतिक्रिया वा सुझावलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी हुँ ।’

लालिमामा यी दुई नायिकासँगै नायक जीवन भट्टराई हुन् । उनीहरूसहित फिल्ममा सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

रोशन मिराजको लेखन र निर्देशनमा बनेको यस फिल्मको ट्रेलर अहिले युट्युबको ट्रेन्डिङ नम्बर ४ मा छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : ३९ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा