सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री « Khabarhub

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि आवश्यक सामग्री मतदानस्थल तथा केन्द्रमा पुगेका हुन् ।

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्लाका सबै क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामग्री र कर्मचारी पुगेको बताए । मतदानका लागि आवश्यक ५१ प्रकारका सामग्रीसहित सम्बद्ध अधिकारीहरू त्यहाँ पुगेका उनले जनाकारी दिए ।

जिल्लामा ४९४ मतदान केन्द्र र १६२ मतदानस्थल रहेका छन् । सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणको काम सुरु गरिएको कार्कीले जानकारी दिए । यहाँ निर्वाचन सम्पन्न गर्नका लागि दुई हजार ९६४ जना कर्मचारी खटिएका छन् । यससँगै जिल्ला सुरक्षा समितिले सुरक्षा विश्लेषण अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिए ।

उनका अनुसार मतदानस्थललाई तीन वर्गमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको र तीन वटै क्षेत्रमा मत गणनास्थल निर्माणको काम सम्पन्न गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आर्यालका अनुसार चितवन क्षेत्र नं १ मा खैरहनी माध्यामिक विद्यालय, क्षेत्र नं २ मा उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्र र क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवनमा मतगणनास्थल तय गरिएको छ ।

मत गणनास्थलमा सिसी टिभी जडान र तारजाली राख्ने काम सकिएको उनले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ९ : ०० बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई