रेलिगेशनको टीमसँग हार्यो पीएसजी « Khabarhub

रेलिगेशनको टीमसँग हार्यो पीएसजी


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) रेलिगेसनमा रहेको टीमसँग पराजित भएको छ ।

यो पराजय पीएसजीको यो सिजनको तेस्रो हार हो । शुक्रबार राति भएको खेलमा पीएसजी रेलिगेशन जोनमा रहेको डीजोनसंग पराजित भएको छ । डीजोनले घरेलु मैदानमा लिग लिडर पीएसजीलाई २–१ गोल हान्दै स्तब्ध बनायो ।

खेलको १९ औ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको ईन्जुरी समयमा मौनिर चौयरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको तेस्रो मिनेटमा जोन्डर काडिजले डीजोनका लागि विजयी गोल गरेका थिए । मौरो इकार्डी र एडिसन काभानीको प्रहार विफल हुदाँ पीएसजीले बराबरीको मौका गुमाएको थियो ।

तालिकाको पुछारमा रहेको डीजोनले जित निकाल्दै दुई स्थान सुधार गरेको छ । लिग वानमा डीजोन १८ औ स्थानमा उक्लिन सफल भएको छ ।

लगातार ६ जित निकालेको पीएसजीले पछिल्ला चार खेलमा मात्र १७ गोल गरेको थियो । हारेपनि पीएसजी १२ खेलबाट २७ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ६ : ५७ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात