अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी « Khabarhub

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारका प्रतिनिधि बालगिरी कुँवरले आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले उम्मेदवार दीपक साउदविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

फागुन १९ गते प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी दर्ता गरिएको पत्रमा नेकपा (एमाले) का उम्मेदवार साउदले मौन अवधिको उल्लंघन गरी चुनावी प्रचारप्रसार र मतदातालाई प्रलोभन देखाउने कार्य गरेको दाबी गरिएको छ ।

विज्ञप्तिअनुसार निर्वाचन कानुन र आचारसंहिता बमोजिम फागुन १८ गते राति १२ बजेदेखि नै कुनै पनि किसिमको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । तर, एमाले उम्मेदवार साउदले फागुन १९ गते बिहानदेखि दुईवटा गाडीमा कार्यकर्तासहित मेल्लेख गाउँपालिका–७ (नन्देगडा र मौभेरी) तथा बान्नीगढी जयगढ गाउँपालिका–३ (धारासैन) मा प्रचारप्रसार र कोठे बैठक गरिरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उम्मेदवार दीपक साउदले आफ्नै नेतृत्वमा मतदातालाई विभिन्न प्रलोभन दिइरहेको पाइएको छ । यस सम्बन्धमा यसअघि नै मौखिक रूपमा प्रमुख जिल्ला अधिकारी र निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतलाई जानकारी गराइसकेका छौँ ।”

उजुरीकर्ताले आचारसंहिताको ठाडो उल्लंघन गर्ने उम्मेदवार साउद र संलग्न कार्यकर्तालाई तत्काल कानुनी कारबाही गर्न र यस्ता गैरकानुनी कार्य रोक्न माग गरेका छन् ।

मौन अवधिमा हुने यस्ता क्रियाकलापले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने लोकतान्त्रिक विधिमा प्रतिकूल प्रभाव पार्ने र समाजमा तनाव उत्पन्न हुन सक्ने भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ९ : २१ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।