अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी « Khabarhub

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारका प्रतिनिधि बालगिरी कुँवरले आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले उम्मेदवार दीपक साउदविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

फागुन १९ गते प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी दर्ता गरिएको पत्रमा नेकपा (एमाले) का उम्मेदवार साउदले मौन अवधिको उल्लंघन गरी चुनावी प्रचारप्रसार र मतदातालाई प्रलोभन देखाउने कार्य गरेको दाबी गरिएको छ ।

विज्ञप्तिअनुसार निर्वाचन कानुन र आचारसंहिता बमोजिम फागुन १८ गते राति १२ बजेदेखि नै कुनै पनि किसिमको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । तर, एमाले उम्मेदवार साउदले फागुन १९ गते बिहानदेखि दुईवटा गाडीमा कार्यकर्तासहित मेल्लेख गाउँपालिका–७ (नन्देगडा र मौभेरी) तथा बान्नीगढी जयगढ गाउँपालिका–३ (धारासैन) मा प्रचारप्रसार र कोठे बैठक गरिरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उम्मेदवार दीपक साउदले आफ्नै नेतृत्वमा मतदातालाई विभिन्न प्रलोभन दिइरहेको पाइएको छ । यस सम्बन्धमा यसअघि नै मौखिक रूपमा प्रमुख जिल्ला अधिकारी र निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृतलाई जानकारी गराइसकेका छौँ ।”

उजुरीकर्ताले आचारसंहिताको ठाडो उल्लंघन गर्ने उम्मेदवार साउद र संलग्न कार्यकर्तालाई तत्काल कानुनी कारबाही गर्न र यस्ता गैरकानुनी कार्य रोक्न माग गरेका छन् ।

मौन अवधिमा हुने यस्ता क्रियाकलापले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने लोकतान्त्रिक विधिमा प्रतिकूल प्रभाव पार्ने र समाजमा तनाव उत्पन्न हुन सक्ने भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ९ : २१ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा