इरानमाथि युद्ध थोपरिएपछि विरोधमा उत्रियो स्पेन, ट्रम्पले दिए धम्की « Khabarhub

इरानमाथि युद्ध थोपरिएपछि विरोधमा उत्रियो स्पेन, ट्रम्पले दिए धम्की


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

मड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इरानमाथि भएको आक्रमणको आलोचना गरेका छन् । उनले स्पेन उक्त युद्धको पक्षमा नरहेको पनि बताएका छन्।

अमेरिका र इजरायलको यो कदमले कदमले परिस्थितिलाई अझ बिगार्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।

साञ्चेजले सन् २००३ को इराक युद्धको उदाहरण दिँदै भने, ‘त्यस युद्धपछि विश्व अझ असुरक्षित बनेको थियो। यही कारणले इरानमाथि नयाँ युद्धको पनि हामी विरोधमा छौँ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार चेतावनी दिँदै यदि स्पेनले अमेरिकालाई आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न नदिए स्पेनसँगको व्यापारिक सम्बन्धमा रोक लगाउन सक्ने बताएका थिए ।

यसैबीच स्पेनले अमेरिकी दबाबलाई समर्थन गरेको भन्दै जर्मनीसँग रोष प्रकट गरेको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले इरानसँग सम्बन्धित विषयमा स्पेनमाथि अमेरिकी दबाबलाई समर्थन गरेको जस्तो देखिने टिप्पणी गरेपछि आलोचना भएको हो।

स्पेनका विदेश मन्त्री जोस म्यानुएल अल्बारेसले भने, ‘म कल्पना पनि गर्न सक्दिनँ कि चान्सलर एन्जेला मर्केल वा ओलाफ शोलेसले यस्तै टिप्पणी गर्थे।’

साञ्चेजले अमेरिकी र इजरायली हवाई आक्रमणको आलोचकका रूपमा उनको सरकारको स्पष्ट स्थिति ‘युद्धको विरोध’ रहेको बताएका छन् । स्पेनी जनता यस प्रकोपको पक्षमा नउभिने उनले बताएका छन् ।

उनी थप्छन्, ‘२००३ को इराक आक्रमणले विश्वलाई असुरक्षित बनाएको थियो । इरानमाथि युद्धले अन्तर्राष्ट्रिय न्याय, वातावरणीय सुधार वा सामान्य जनताको जीवनमा सुधार ल्याउने छैन।’

प्रधानमन्त्री साञ्चेजकाले वर्तमान संकट ‘मानव जातिका ठूलो प्रकोपको सुरुवात’ भनेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ४ : ४३ बजे

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख