बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान « Khabarhub

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

जिल्लामा रहेका चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ। प्रारम्भिक विवरणअनुसार जिल्लामा रहेका ४ लाख ६५ हजार मतदातामध्ये करिब २ लाख ८० हजार मत खसेको छ, जुन करिब ६० प्रतिशत मतदान हो ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीले मतपेटिका संकलन जारी रहेको जानकारी दिए । उनका अनुसार राति १० बजेसम्म सबै मतपेटिका संकलन भइसक्ने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिनेछ ।

बाराका चारवटै निर्वाचन क्षेत्रका लागि फरक–फरक स्थानमा मतगणना स्थल तोकिएको छ। क्षेत्र नम्बर १ को मतगणना कोल्हवी नगरपालिकामा, क्षेत्र नम्बर २ को महागढीमाई नगरपालिकामा, क्षेत्र नम्बर ३ को जिल्ला सदरमुकाम कलैयामा तथा क्षेत्र नम्बर ४ को मतगणना जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको उखुबाली अनुसन्धान केन्द्रमा हुने जनाइएको छ ।

चारै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूका अनुसार अहिले मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा ल्याउने क्रम जारी छ। सबै मतपेटिका संकलन भएपछि आजै रातिबाट मतगणना सुरु हुने तयारी गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ३० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको