मतगणनास्थलमै हृदयघात हुँदा रास्वपा प्रतिनिधिको निधन « Khabarhub

मतगणनास्थलमै हृदयघात हुँदा रास्वपा प्रतिनिधिको निधन


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङ क्षेत्र नम्बर २ को मतगणनास्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना प्रतिनिधिको निधन भएको छ।

रास्वपा मोरङका जिल्ला कमिटी सदस्य रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मीको हृदयघातबाट मतगणनास्थलमै निधन भएको हो ।

उनी रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए । मतगणनास्थल नजिकै खाना खाने क्रममा उनी एक्कासि बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । चिकित्सकले मृत घोषणा गरे ।

रास्वपाका एक नेताले मतगणनाको नतिजा आइरहँदा उत्साहित देखिएका रेग्मीलाई अचानक हृदयघात भएको बताए ।

प्रहरीका अनुसार रेग्मी बिहानैदेखि मतगणना स्थलमा उपस्थित थिए। मतगणना सुरु भएपछि उनी अचानक ढलेका थिए।

त्यहाँ उपस्थितहरूले तत्कालै प्राथमिक उपचार प्रयास गरे पनि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

रेग्मीको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ। यस घटनापछि मतगणना स्थलमा केही समय वातावरण स्तब्ध बनेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : १३ बजे

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार