तीन पूर्वप्रधानमन्त्रीमध्ये दुईजना हारतिर, एकले निकाले जित « Khabarhub

तीन पूर्वप्रधानमन्त्रीमध्ये दुईजना हारतिर, एकले निकाले जित


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनजना पूर्व प्रधानमन्त्रीहरू निर्वाचनमा लडिरहँदा नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । 

उनी प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाए ।  यहाँ जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले २०३ मत ल्याए ।
 
झापा ५ बाट निर्वाचन लडिरहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेन्द्रले उछिनिरहेका छन् । पूर्व प्रधानमन्त्रीमध्ये रौतड क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका माधवकुमार नेपाललाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले उछिनेका छन् । 

सबै परिपेक्षलाई नियाल्दा पूर्व प्रधानमन्त्रीमध्ये पहिलो विजयी हुने प्रचण्ड देखिएका छन् ।  अरु दुई पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र झलनाथ खनालले भने निर्वाचन लडेनन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ४४ बजे

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो