काठमाडौं– स्याङ्जामा एमालेका खिमबहादुर थापाले ९ सय ४३ मतसहित प्रारम्भिक अग्रता कायम गरेका छन् ।
यस्तै रास्वपाका छविलाल डुम्रेले ३ सय ६७ ल्याएका छन् भने काग्रेसका भागवत प्रकाश मल्लले १ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पदम बहादुर विकले भने ३४ मत प्राप्त गरेका छन् ।
वालिङ नगरपालिकाको एक मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्ताक्षर बिना नै मत हालेको विवादपछि २ घण्टासम्म मतदान नै रोकिएको थियो ।
उम्मेदवारका प्रतिनिधिबीच सुरुमा मतपेटिकामा खसेका १७१ मतपत्र सिल गरी, हस्ताक्षर नभए पनि ती मत गणना गर्ने विषयमा निर्णयका लागि निर्वाचन आयोगमा पत्र पठाउने सहमति भएपछि पुनः मतदान भएको थियो ।
उक्त पत्रको जवाफमा केन्द्रीय निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेर बैठकको निर्णय अनुसार जति सक्दो छिटो मतगणना प्रारम्भ गर्न निर्देशन दिए लगत्तै दलहरूबीच सहमति जुटाएर मतगणना सुरु गरिएको हो । कालिगण्डकी गाउँपालिका-१ बाट गणना सुरु गरिएको हो ।
यस क्षेत्रमा कुल १५६२ मत खसेकोमा थियो । हालसम्म ७२ मत बदर भएको छ । सदर मत १४८९ रहेको निर्वाचन कार्यालय स्याङ्जाको तथ्यांक छ ।













प्रतिक्रिया