सुनील शर्मा लेख्छन्- ‘चुनावको हारजितले निःशुल्क उपचार रोकिँदैन’ « Khabarhub

सुनील शर्मा लेख्छन्- ‘चुनावको हारजितले निःशुल्क उपचार रोकिँदैन’


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं अस्पताल सञ्चालक डा. सुनील शर्माले निर्वाचनपछि आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि उपलब्ध गराइँदै आएको निःशुल्क स्वास्थ्य उपचार सेवा बन्द भएको भन्दै फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सोमबार एक सूचना जारी गर्दै उनले नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेज (केएमसी) सँग आबद्ध सामाजिक सेवाका कार्यक्रम निरन्तर रहने स्पष्ट पारेका हुन् । यी दुवै अस्पतालमार्फत विगतदेखि नै विपन्न नागरिकलाई लक्षित गरी छुटदेखि निःशुल्क उपचारसम्मका सेवा उपलब्ध गराइँदै आएको उनले उल्लेख गरेका छन् ।

“यस प्रकारका सेवा तथा सुविधाहरू देशका विभिन्न स्थान, सम्बन्धित वडा तथा जिल्लाहरूमा उचित प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइँदै आएको सर्वविदितै छ,” डा. शर्माले भनेका छन्, “नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्‍याउने हाम्रो प्रयास सधैँ निरन्तर रहँदै आएको छ ।”

निर्वाचनको परिणाम र सामाजिक सेवा फरक विषय भएको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, “चुनावमा हार वा जित हुनु र सामाजिक सेवा एवं सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो । समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात् गर्दै यस्ता सेवा देशभर निरन्तर जारी राख्ने कुरा जानकारी गराउन चाहन्छु ।”

उनले बजारमा फैलाइएका भ्रममा नपरी आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थाका प्रतिनिधिहरूसँग सम्पर्क गर्न र संस्थाको नियम एवं विधिअनुसार सेवा लिन अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ११ : २८ बजे

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन