ललितपुरका जेन-जी शहीद महर्जनको परिवार भेट्न पुगे जगदीश खरेल  « Khabarhub

ललितपुरका जेन-जी शहीद महर्जनको परिवार भेट्न पुगे जगदीश खरेल 


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरका जेन-जी शहीद बिनोद महर्जनको परिवारलाई भेटघाट गर्न ललितपु-२ का प्रतिनिधिसभा सदस्य जगदीश खरेल उनको निवास ललितपुर दुपाट टोल पुगेका छन् ।
 
खरेलले गत भाद्र १९ गते आन्दोलनका क्रममा शहीद भए विनोदका ७५ वर्षीय आमा लता माया महर्जन, दिदी बिना महर्जन अवाले, दाई काजी रत्न महर्जन र बहिनीहरू सरिता र बिन्दु महर्जनलाई भेटेका हुन् ।

भेटका क्रममा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका खरेलले अब बन्ने सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।  

खरेलले जेन-जी आन्दोलनको जगमा निर्वाचन भएको भन्दै अव बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताए । 

खरेलले वर्तमान सरकारले मन्त्रिपरिषद्बाट उक्त प्रतिवेदनका बारेमा आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे । आयोगले सुझाएका कुरा, सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्नु आगामी सरकारको दायित्व समेत हुने उनको भनाइ छ ।

त्यस्तै खरेलले भ्रष्टाचार अन्त्य, सुशासन कायम र देशमा नै शिक्षा, रोजगारी, स्वास्थ्य लगायतका लागि भएको आन्दोलनको मर्मलाई गम्भीरतामा राखेर अघि बढ्ने स्पष्ट पारे । 

उनले युवाहरुले गरेको क्रान्तिलाई अव रास्वपाले पूर्णता दिने र मुलुकलाई परिवर्तन गरेरै छाड्ने धारणा राखे । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ४ : ४० बजे

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन