ट्रक बिग्रिएपछि पृथ्वी राजमार्ग ठप्प, गाडीको लामो जाम (तस्बिरहरू) « Khabarhub

ट्रक बिग्रिएपछि पृथ्वी राजमार्ग ठप्प, गाडीको लामो जाम (तस्बिरहरू)


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ । एउटा ट्रक बिग्रिएपछि सडक अवरुद्ध हुँदा सवारी साधन लामो समयसम्म रोकिएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सडककोबीच भागमै ट्रक बिग्रिएपछि सो क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । प्रहरी र ट्राफिक प्रहरीले अहिले सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्दै जाम खुलाउने प्रयास गरिरहेका छन् ।

प्रहरीका अनुसार बिग्रिएको ट्रक हटाउने काम जारी रहेको र केही समयमै जाम पूर्ण रूपमा खुल्नेछ । यात्रु तथा सवारी चालकलाई धैर्यतापूर्वक यात्रा गर्न आग्रह गर्नसमेत प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका पश्चिमी तथा मध्य भूभागसँग जोड्ने मुख्य मार्ग भएकाले यसलाई ‘काठमाडौंको लाइफलाइन’का रूपमा लिने गरिन्छ । यही सडक अवरुद्ध हुँदा राजधानी भित्रिने तथा बाहिरिने सवारी साधनहरू प्रभावित भएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ६ : ५३ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक