आवश्यक ऐन हिउँदे अधिवेशनबाट पारित हुन्छ –अध्यक्ष तिमिल्सिना | Khabarhub Khabarhub

आवश्यक ऐन हिउँदे अधिवेशनबाट पारित हुन्छ –अध्यक्ष तिमिल्सिना


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ–राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका छन् ।

संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उनले आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको बताए ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रममा उनले प्रदेशसभाले समेत संविधानअनुसार आवश्यक ऐनहरु बनाई स्थानीय तहका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।

जनताको जीवनस्तर माथि उकास्न सके मात्रै नयाँ संविधानको कार्यान्वयन हुनसक्ने भन्दै उनले यसका लागि तीनै तहका सरकारले दिगो र परिणाममुखी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औँल्याए ।

परम्परागत सोच र शैलीबाट माथि उठेर काम गर्न सके मात्रै जनताले दिएको जिम्मेवारी पूरा हुने र मुलुक समृद्धितर्फ अघि बढ्ने उनको भनाइ थियो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका क्रममा ताप्लेजुङ पुगेका अध्यक्ष तिमिल्सिना आज त्यसतर्फ जाने बताइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : ५९ बजे

आजका समाचार : दश वामशक्तिबीच एकता, झलनाथ पनि मिसिए, रामकुमारीहरू एमालेतिर जाने र अमेरिकी सरकारी शटडाउन इतिहासकै लामो

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित नेकपा (माओवादी केन्द्र)र

नाचगानबाट संकलित रकम सडक निर्माणमा सहयोग

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले

सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ

जेन-जी आन्दोलनले प्रभावित सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन गरिने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज सम्पन्न सर्वदलीय

नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने

काठमाडौं– विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली