पाल्पाको सूर्यकुण्डमा एक सय आठ धारा निर्माण गरिने | Khabarhub Khabarhub

पाल्पाको सूर्यकुण्डमा एक सय आठ धारा निर्माण गरिने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो ।

मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ । धारामा कालीगण्डकी नदीकै पानीमा बूढाबूढीले स्नान गर्ने व्यवस्था गरिने तानसेन नगरपालिका–७ का वडाध्यक्ष माधव जिसीले बताए ।

स्नान गरी पुन्यप्राप्ति हुने गरी धार्मिक कर्मकाण्डसमेत हुनेछ । तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा रु पाँच लाख र आव २०७५/७६ मा रु १० लाख बजेट विनियोजन गरेपछि प्रवासको सूर्यकुण्डलाई व्यवस्थित गर्ने काम अगाडि बढाइएको वडाध्यक्ष जिसीले बताए ।

“सूर्यकुण्डको वरिपरि १०८ धारा जडान गर्ने काम हुन्छ । हामीसँग स्थानीय सरकारको बजेट अहिले छैन । स्थानीय बासिन्दाबाट रु २० हजार प्रतिव्यक्ति सङ्कलन गरी काम गर्ने योजनामा छौँ । करीब ८० घरधुरीबाट प्रतिव्यक्ति रु २० हजार उठाउन लागिएको छ”, क्लबका अध्यक्ष प्रदीप खनालले बताए ।

सूर्यकुण्डमा धारा निर्माणकार्य सम्पन्न गरी स्नान गर्न थालेपछि यस क्षेत्रकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास हुने स्थानीय बासिन्दाको भनाइ छ । यसरी गन्तव्य निर्माण लागि आर्थिक सहयोग गर्न स्थानीय बासिन्दा तयार छन् ।

वडाध्यक्ष जिसीका अनुसार नारदमुनि मुक्तियात्राका क्रममा प्रवास बास बसेको भनाइ छ । “भारतको माउटभ्यालीसम्बन्धी यात्राको भिडियोमा पाल्पाको प्रवासको उल्लेख गरेको पाइन्छ”, वडाध्यक्ष जिसीले भने । यात्राबाट फर्केर प्रवासको सूर्यकुण्डलाई व्यवस्थित बनाउने योजना अघि बढाइएको हो ।

चार आना जमीनमा सूर्यकुण्ड रहेको छ । सूर्यकुण्डको सात रोपनी जमीन रहेको छ । ऐतिहासिक महत्व रहेको सूर्यकुण्डको पानी शिवालय कमलेश्वर मन्दिर र सैनामैना लगेर चढाउने चलन छ । यहाँका जल चढाउँदा पुन्यप्राप्ति हुने आशाले साउन महिनाको सोमबार निकै चहलपहल हुने गर्छ ।

माण्डव्य क्षेत्रअन्तर्गत रहेको सूर्यकुण्ड रहेको प्रवासमा शिवरात्रिका समयमा विशेष मेला लाग्दै आएको छ । स्थानीय उत्पादनको किनबेचसमेत गर्नका लागि त्यहाँ आउने परम्परा रहे पनि अहिले सांस्कृतिक कार्यक्रम गरी थप चहलपहल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

वडाध्यक्ष जिसीका अनुसार स्थानीय वंशगोपल क्लबको नेतृत्वमा वडाभित्रका चार महत्वपूर्ण आयोजनाका काम भएका छन् । सूर्यकुण्डलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने, खेलमैदान निर्माण, बगैँचालाई व्यवस्थित गर्ने कामसमेत भएको पाइन्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : २३ बजे

सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री

सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा