सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री « Khabarhub

सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताएका छन् । 

२८ औँ अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले शान्तिपूर्वक र सुरक्षित रुपमा निर्वाचन गराउने सरकारको लक्ष्य सबैको सहयोग र सहकार्यका कारण पुरा भएको बताएका हुन् ।

आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर नयाँ सोचका साथ मुलुकलाई अघि बढाउन समेत आवश्यक कानुन निर्माणमा आफूले ध्यान केन्द्रित गरेको उनले बताए ।

मन्त्री सिन्हाले आगामी दिनमा आफू सरकारबाट बाहिर रहे पनि कानुन निर्माणका विषयका आफ्नो सदैव सहयोग हुने प्रतिबद्धता जनाए ।

त्यस्तै उनले समाजमा हुने गरेको नकारात्मक टिप्पणीलाई अन्त्य गर्न शिक्षाको माध्यमबाट र सचेतनाको माध्यमबाट काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिका लागि राज्यले गर्नुपर्ने काम प्रभावकारी रुपमा हुन नसकेको धारणा राखे । हरेक बर्ष मार्च ११ तारिखका दिन विश्वभरका कुष्ठरोग प्रभावित व्यक्तिहरूले जीवनमा नवीन ऊर्जा र आत्मविश्वासका साथ आफ्नो हक–हित, अधिकार, सम्मान र सह–अस्तित्वका लागि आफैले आवाज उठाएको दिनको रुपमा अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस मनाइने गरिन्छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ४१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली