‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत « Khabarhub

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय एकदिवसीय छनोट प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा रोहित चन्दको शतकमा कास्कीले बागलुङलाई २५४ रनले पराजित ग¥यो ।

खेलमा पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३२६ रनको विशाल योगफल बनायो । टोलीका लागि रोहित चन्दले १३० बलमा १२ चौका र ६ छक्काको सहयोगमा १३१ रनको उत्कृष्ट पारी खेले ।

मुस्कान थापाले ९१ बलमा ११ चौका र तीन छक्कासहित ९३ रन बनाए । अर्जुन कुमालले ३२ रन बनाए भने सफल श्रेष्ठ १६ रन र कृष्ण पौडेल २१ रनमा अविजित रहँदै टोलीलाई मजबुत स्कोरसम्म पु¥याए ।बागलुङका लागि अश्विन थापाले दुई विकेट लिए भने कुशल खड्का र विश्व कार्कीले समान एक/एक विकेट लिए ।

जितका लागि ३२७ रनको विशाल लक्ष्य पछ्याएको बागलुङ २३ दशमलव दुई ओभरमा ७२ रनमै अलआउट भयो । टोलीका लागि आरस तामाङले २३ रन बनाए ।

कास्कीका लागि विश्वास पराजुलीले चार विकेट लिए भने सुवास भण्डारी र विपिन खत्रीले समान दुई÷दुई विकेट लिए । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी चैत ३ गतेसम्म पोखरा रङ्गशालाको क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वत गरी गण्डकी प्रदेशका छ जिल्लाबीच प्रतिस्पर्धा हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

प्रतियोगिताबाट उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीलाई राष्ट्रियस्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए ।

मन्त्री थापाले क्रिकेट आज नेपाली युवाको सबैभन्दा लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसले युवामा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ९ : १३ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन