योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ? « Khabarhub

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् ।

उपमहाचिव भट्टराईले एक अन्तर्वार्ताका क्रममा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको अभिव्यक्ति दिएका थिए । महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले योगेशलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको बताउँदै जिम्मेवारी नपाएको भन्ने कुरा सुन्दा आश्चर्य लागेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ।’

महासचिव पोखरेलले आफूले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको भन्दै भट्टराईले ताप्लेजुङ जानुपर्ने बताउँदै दाङ नगएको उल्लेख गरेका छन् । त्यसलाई आफूले स्वाभाविक रूपमा लिएको भन्दै उनले तर अहिले योगेशका नाममा सम्प्रेषित समाचारबाट भने आफू आश्चर्यचकित भएको बताएका छन् ।

पोखरेलले योगेशको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्ने भन्दै उनले भ्रम नपरोस् भनेर मात्र आफूले स्पष्ट पारेको बताएका छन् ।

‘सायद योगेशजीको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्दछ । भ्रम नपरोस् भनेर मात्र स्पष्ट गर्नु परेको हो ।’

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ११ : ०० बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ