इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प « Khabarhub

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै इरान सम्झौता गर्न चाहेको तर आफूलाई अहिले त्यस्तो सम्झौता स्वीकार्य नभएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टु«थमा लेख्दै अमेरिकी सेनाले इरानविरुद्ध गरेको कारबाहीलाई ‘फेक न्युज मिडिया’ले सही तरिकाले नदेखाएको आरोप लगाए। 

उनले पोस्टमा भनेका छन्, ‘फेक न्युज मिडियाले अमेरिकी सेनाले इरानविरुद्ध कति उत्कृष्ट प्रदर्शन गरेको छ भन्ने कुरा देखाउन चाहँदैन।’

ट्रम्पका अनुसार इरान अहिले पूर्ण रूपमा पराजित भइसकेको छ र अमेरिकासँग सम्झौता गर्न चाहिरहेको छ। तर हालको अवस्थामा आफूलाई त्यस्तो सम्झौता स्वीकार्य नभएको उनले स्पष्ट पारे।

उनको यो टिप्पणी अमेरिका र इरानबीच जारी तनावका बीच आएको हो। ट्रम्पले यसअघि पनि अमेरिकी हमलामा इरानका धेरै सैन्य संरचनामा ठूलो क्षति पुगेको दाबी गरेका थिए।

अमेरिका–इरानबीचको पछिल्लो घटनाक्रमबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  २ : १० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली