मेडिकल काउन्सिलको अध्यक्षमा डाक्टर भगवान कोइराला नियुक्त « Khabarhub

मेडिकल काउन्सिलको अध्यक्षमा डाक्टर भगवान कोइराला नियुक्त


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले डाक्टर कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले बतायो ।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिश गरेको थियो ।

आइतबार बसेको मन्त्रिपरिषदले गरेका अन्य निर्णयहरु भने सार्वजनिक गरिएको छैन । सरकारले साप्ताहिक रुपमा हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै आएको छ ।

यसैबीच, स्वास्थ्य समस्यासँग जुधिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबारको बैठकमा पूरा समय बसेका छन् । करिब डेढ घण्टासम्म बसेको बैठकको पूराअवधि बैठकमा बसेको एक मन्त्रीले बताए ।

मन्त्रिपरिषद बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर फोक्सोको एक्सरे गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : ०२ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी